सल्यानका दश स्थानिय तहलाइ मन्त्री ज्वालाद्वारा थर्मल गन हस्तान्तरण

सल्यान । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानका दशवटै पालिकालाइ थर्मल गन हस्तान्तरण गर्नु भएको छ । कोरोनाको जाँच लाइ सहज गर्न थर्मल गन बाट उच्च ज्वरो रहे नरहेको जाँच गरि कोरोनाको जोखिम भए नभएको बारे सहज पुर्याउने उद्देश्यले थर्मल गन प्रदान गरिएको हो ।

बिहिवार सल्यानमा आयोजना भएको जिल्ला विपद व्यवस्थापन समिति सल्यानको वैठकलाइ सम्बोधन गर्न गृह जिल्ला पुग्नु भएका मन्त्री ज्वालाले सबै स्थानीय तहलाइ थर्मल गन प्रदान गर्नु भएको हो । बैठकमा कोरोना भाईरस रोकथाम नियन्त्र,उद्धार तथा राहतका लागि भएका काम र आगामी दिनमा गर्नु पर्ने कामका सन्दर्भमा छलफल भयो ।कार्यक्रमलाइ प्रमुख आतिथिको आसन बाट सम्बोधन गर्दै मन्त्री ज्वालाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सवै तहको सहकार्य जरुरी रहेको बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले प्रदेश, जिल्ला स्तरमा स्वास्थ्य उपचारको ब्यवस्था मिलाउनुका साथै स्थानीय तहलाई स्वास्थ्य समाग्री ब्यवस्था, राहत आदिको कामलाई योजनावद्ध रुपमा गरि रहेको छ । वैठकमा स्थानीय तहका प्रमुखहरुले आ आफ्ना गाँउ तथा नगरले अहिलेसम्म गरेका प्रयासहरुवारे जानकारी गराएका थिए ।


विपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले वैठकमा कोरोना भाईरस रोकथाम,नियन्त्रणका लागि भएको लकडाउनको प्रभवकारी कार्यान्वयन लगायतका विषयमा समिक्षा भएको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

<