युवा संघ नेपालको केन्द्रिय सचिवमा सल्यानका आचार्य : सल्यानकै केन्द्रिय सदस्य ४ जना

सल्यान, १९ चैत ।

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको केन्द्रिय कमिटीमा सल्यानका ५ जना युवा नेताहरुले जिम्मेवारी पाउनुभएको छ । हालैसम्पन्न युवा संघ नेपालको केन्द्रिय कमिटी बैठकले सल्यानको कुमाख गाउँपालिका घर भएका युवा नेता खड्ग आचार्यलाई युवा संघको केन्दिय सचिवमा चयन गरेको हो । उहाँ यसअघि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।

यस्तै जिल्लाबाट नै कन्द्रिय सदस्यहरुमा कुमाख गाउँपालिकाका डिल्ली केसी, बागचौर नगरपालिकाका ओमकार वली, त्रिबेणी गाउँपालिकाका डिल्ली केसी, शारदा नगरपालिकाका धिरज रावतले जिम्मेवारी पाउनुभएको छ ।

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्षको आन्तरिक विवाद कारण नेपाल पक्षले देशभर पार्टीका तल्लो तहसम्म कमिटी निर्माणको थालनी गरेको छ ।

यस्तै युवा संघ नेपाल सल्यानको जिल्ला संयोजकको जिम्मेवारी न्युटन श्रेष्ठले पाउनुभएको छ । केन्दिय सचिवको जिम्मेवारी पाएपछि छोटो प्रतिक्रिया दिदैँ आचार्यले आफुले पार्टी र संगठनको हितको लागि काम गर्ने बताउनुभएको छ ।

पार्टी अध्यक्ष ओलीबाट भएको अराजनीतिक क्रियाकलापबाट बिचलित नभई कम्युनिस्ट विचार, मुल्य मान्यता र सिद्धान्तमा रहेर काम गर्ने बताउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

<