सल्यानमा कोरोनाको आशंका गरेका सबैको रिपोर्ट नेगेटिभ, यस्तो छ अवस्था

सल्यान १९ चैत्र ।


सल्यानबाट स्वाव संकलन गरि लगिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले दिएको जानकारी अनुसार मंगलबार सल्यान अस्पतालबाट केन्द्रिय प्रयोगशालामा स्वाव संकलन गरेर पठाइएका तिनै जनाको रिपोर्ट नेगेटिभ छ ।
स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर अर्जुन कुमार बुढाले भने–’उनिहरुको रिपोर्ट नेगेटिभ आयो, राम्रो भयो स्वास्थ्य अवस्था पनि सामान्य छ त्यसकारण डिस्चार्ज भैसक्नुभयो ।’
त्यस्तै स्वास्थ्य सेवा कार्यालय सल्यानले अनाहकमा अफवाह र डरत्रास नफैलाउन र सचेत भएर घरमा नै बस्न समेत आग्रह गरेको छ । एक विज्ञप्ती जारी गर्दै कार्यालयले कोरोनाको संक्रमणबाट आफु पनि बच्न र अरुलाइ पनि बचाउन भनेर सन्देश प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

<