काठमाडौं, १७ फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद् अधिवेशन आह्वान गरेकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी हुन् ।
आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला सुनाएको सर्वोच्च अदालतले संसद वैठकका लागि १३ दिनको समय तोकेको थियो ।
प्रतिक्रिया दिनुहोस