नजिककैबाट असुुरक्षित

समाजमा विभिन्न प्रकारका मानिसहरु छन् । तर सज्जनभन्दा गलत सोचका मानिसहरु बढेका छन् । समाजमा कमजोर वर्गले बलिया वर्गको आड भरोसा गर्दछ, तर तिनै बलिया भनेकाहरुबाट फेरी पीडा दिने काम भएको छ ।

अँझ त्यसमा पनि पछिल्लो समय आफन्तैबाट ठगिने र असुरक्षा हुने क्रम बढेको छ । प्रसंग नेटवर्कतिरबाट जोडौं । नेटवर्क चाहिन्छ भनेर समय समयमा विभिन्न प्रकारका नेटवर्कहरु बनाउने गरिएको छ । ति नेटवर्कहरुमा सकेसम्म चिनजानकै र नजिककै मान्छेहरु संलग्न हुुन्छन् ।

यति वर्षपछि यस्तो सुविधा पाईन्छ, यति वर्षपछि यस्तो पद् पाईन्छ , यी कुराहरु पढ्न पाईन्छ, यी ठाउँहरु भ्रमण गर्न पाईन्छ, विभिन्न सेवासुविधा पाईन्छ भनेर रकम असुलेर बेपत्ता हुने घटनाहरु धेरै छन् । आफन्तै वा नजिककै भएका कारण कानूूनी प्रक्रियामा पनि जाना नसक्ने र असुली गर्न पनि नसक्ने समस्या देखिने गरेको छ ।

यसअघि युुनिटिलाईफले त्यसैगरी ठग्यो । विभिन्न प्रकारका आयुर्वेदिक औषधि भनेर प्रयोगमा नआउने खाले वस्तुुहरु भिडाएर रकम असुल्नेहरु पनि छन् । त्यति मात्रै होइन, हिजोआज त विभिन्न प्रकारका विमाहरु पनि खुलेका छन् ।

विमा भनेको बचत पनि हो, धेरैलाई थाहा छ, तर लामो समय नियमितरुपमा बचत गर्न नसक्नेहरुलाई विमा भनेको घाँडो पनि हो । यो घाँडो भिडाउनेहरु धेरै छन् । विमा बनाउन अनुरोध गर्नेहरु पनि आफन्तै वा चिनजानकै व्यक्तिहरु हुन्छन् । यी त भए ठगिका उदाहरणहरु ।

अब असुरक्षाका कुरा गरौं । कमजोर व्यक्ति विभिन्न प्रकारले ठगिएको हुुन्छ । हामी गरिब छौं भने आफ्नो ज्यालामा पनि लचक बन्छौं । काम गरेको दैंनिक छ सय पाउने ठाउँमा पाँच सयले नै गर्नुुपर्ने बाध्यतामा पुुग्छौं ।

कमजोरी अवस्थाको फाईदा सवैभन्दा बढी आफन्तैले लिएका हुुन्छन् । आर्थिक सामाजिक रुपमा कमजोर वर्गहरु विभिन्न ठाउँमा दुख पाईरहेका छन् । घरायसी काममा लाग्नुुपर्ने , कसैको नोकरको रुपमा बस्नुुपर्ने पनि अवस्था छ । विदेशमा जति पनि बेचिएका छन्, कतै न कतै आफन्तै वा चिनजानकै व्यक्तिहरुको संलग्नता पाईन्छ ।

पछिल्लो समय बलात्कारका घटनाहरुमा पनि आफन्त, नाता पर्ने व्यक्ति, शिक्षक वा अभिभावक भनिएकैहरुबाट छोरीचेलीहरु असुुरक्षित भएका छन् । यसर्थ नजिकको भन्दैमा पूूर्ण रुपमा विश्वस्त बन्नुु उचित देखिदैन ।

निकै सजगतापूूर्वक आफन्त वा नजिकका मान्छेको सहयोग लिन आवश्यक छ । नत्र भने सहयोगको नाममा शोषण हुने सम्भावनाहरु बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस

<