यो देशमा गर्न सकिने धेरै छ

हाम्रो देश नेपालमा प्रशस्त रोजगारीका सम्भावनाहरु छन् ।

यहाँ हजारौं विगाहा खेतियोग्य जमिन अहिले पनि बाँझै छ । खरबौंका काठपात त्यसै खेर गईरहेका छन् । खानीहरु अहिलेसम्म उत्खनन् गरिएकै छैन । जलश्रोतबाट धेरै नै लाभ लिन सकिने अवस्था छ । पशुुपालन, तरकारी र फलफूल खेतीबाट समग्र मुलुक आत्मनिर्भर बन्न सक्ने अवस्था छ । सिमेन्ट, बालुवा, गिट्टी, ढुंगाहरु निर्यात नै गर्ने गरी उत्पादन गर्न सक्ने अवस्था छ ।

पर्यटकीय सम्पदाहरुको व्यवस्थापन गरेर पर्यटन क्षेत्रबाट पनि प्रशस्त आम्दानी गर्न सकिने अवस्था छ । बुद्द जन्मेको देशलाई विश्वभर चिनाउन सके यसबाट पनि पर्यटन प्रवद्र्दन गर्न सक्ने अवस्था छ ।

अँझ संसारको एक मात्र हिन्दुुराष्ट्रको पहिचान कायम राख्न सकियो भने यसबाट पनि पर्यटन प्रवद्र्दन गर्न सकिने अवस्था छ । नेपाललाई दुुई ठूूला देशहरु बीचको एक सुन्दर र समृद्द मुलुुकको रुपमा अगाडि बढाउन सकिने सम्भावना छ । संसारका सहरहरुमा आज नेपालीहरु पुगेका छन् । विश्वका गरिब देशहरुदेखि सम्पन्न मुलुकहरुसम्म नेपालीहरु पुगेका छन् ।

देश विकासका लागि जनशक्तिको कुनै कमी छैन । बरु असल नेता र नेतृत्वको मुलुकमा खाँचो छ । ईमान्दार नेता र कर्मचारीहरुको यो देशमा खाचो छ । शासकवर्र्गले जनतालाई सुखी बनाउन चाहने हो भने असम्भव छदैछैन । बरु दृढ ईच्छाशक्तिको खाँचो छ ।

नेपालका हजारौं खोला किनाराहरु बस्ती बसाउन लायक छन्, यदि ठूला नदि र खोलानालाहरुको किनारामा बस्ती बसाउन जोखिम ुहुन्छ भने मौसम अनुसारको तरकारी खेती गर्न सकिन्छ । खेलमैदान या अन्य सरकारी संरचना निर्माण गर्न सकिन्छ ।

यसरी मुलुकमा प्रशस्त सम्भावनाहरु हुँदाहुँदै पनि नागरिकहरुको अपेक्षा बमोजिम काम नहुदा नागरिकहरु निराश छन् । चाकडीबाद्, नाताबाद् र कृपावाद्ले नै अहिलेसम्म काम गरिरहेको अवस्था छ ।

यस प्रकारको राज्य व्यवस्थाबाट नागरिकहरु अहिले पनि पीडित छन् । कतिपय अवस्थामा नागरिकहरुले विरोधका स्वरहरु पनि निकालेका छन् भने कतिपय अवस्थामा निराश भएर बसिरहेका छन् । तर नागरिकहरु अहिलेको काम गर्ने शैलिबाट सन्तुष्ट देखिदैनन् ।

प्रतिक्रिया दिनुहोस

<