प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति पक्राउ

काठमाडाँै, १८ फाल्गुन ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गरिएको छ ।

आइतवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको भरतमोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरिएको हो । उनि माथी जुत्ता प्रहारको प्रयास भएपनि उनि जुत्ता लाग्नबाट जोगीए ।

जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका युवा रतन तिरुवा हुन् । २२ वर्षे रतन पूर्व माओवादी कार्यकर्ता भएको बताइएको छ । उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए । उनका बाबु मोहन तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए ।

उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । यसअघि दाहाल एकीकृत माओवादीको अध्यक्ष रहेको बेला भृकुटीमण्डपमा आयोजित कार्यक्रममा पनि आफ्नै पार्टीका कार्यकर्ता पदम कुवरले कुर्सीले प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

<