सल्यानको शारदा नगरपालिकाद्वारा सहकारी बिद्येयक निर्माण

सल्यान, १८ फाल्गुन ।
सल्यानको शारदा नगरपालिकाले सहकारी बिद्येयक निर्माण गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुलाई चलायमान बनाउन र नियमन गर्नको लागि सहकारी बिद्येयक तयार गरेको हो । नगरको कार्यपालिका बैठकले यस बिद्येयकलाई पास गरिसकेको छ भने ऐनको रुपमा राजपत्रमा प्रकाशित गर्ने तयारी भैरहेको छ ।

नगरपालिका भित्रमा नयाँ सहकारी दर्ता, नविकरण तथा खारेजी सम्मको काम गर्नको लागि बिद्येयक तयार गरिएको नगरले जनाएको छ । नगर प्रमुख सुरेश अधिकारीले सहकारीले क्रान्तिले आर्थिक क्रान्ति भिœयाउने बताउनुभएको छ । नगरपालिका भित्र रहेका सहकारीहरुको नियमन, अनुगमण तथा मूल्यांकन गर्नको लागि बिद्येयक निर्माण गरेको उहाँको भनाई छ ।

‘सहकारीहरु नियम अनुसार सञ्चालन हुनपर्दछ, नियम भन्दा माथी कोही हुदैँन, सहकारीको दर्ता, नविकरण तथा खोरेजी गर्न मिल्ने गरी हामीले सहकारी बिद्येयक निर्माण गरेका छौँ’ उहाँले भन्नुभयो ‘सहकारीको अनुगमण, मूल्यांकन जस्ता कामहरु बिद्येयकमा उल्लेख छ ।’

सहकारी संस्थाहरुलाई तालिम गोष्ठी, छलफल लगाएतका गतिविधिहरु पनि सञ्चालन गरिने छ । नगरपालिका भित्रमा करिब ४५ वटा सहकारीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

<