जनतामा व्यापक निराशा

अहिले जनतामा व्यापक निराशा बढ्न थालेको छ । पाँच वर्षको लागि जनताले जिताएर पठाएका नेताहरु आँफै आँफैमा झगडा गरेर बस्न थालेपछि समग्र जनतामा असर परेको छ । हिजोसम्म सिंगो कम्युनिष्ट शक्ति एक ठाउमा आउन थालेको भन्दै खुसि व्यक्त गर्ने नागरिक अहिले आक्रोशित पनि छन् ।

हिजोसम्म केपीको भाषण सुुन्दै मख्ख पर्ने गरेका धेरै जनता अहिले वाक्कदिक्क पनि भएका छन् । विकास निर्माणका नयाँ नयाँ योजना निर्माण गर्नुुपर्ने समयमा फेरी बीचैमा निर्वाचन गर्ने कुराले केही अपवाद्बाहेक अरु आम जनता खुुसि छैनन् ।

जसले निर्वाचन हुुन्छ कि भनेर आश गरेका छन्, तिनैले पनि यो सरकारले निर्वाचन गराउन सक्ने कुरामा विश्वस्त छैनन् । एकातिर निश्चित समयमा स्वच्छ निर्वाचन हुुने कुरामै विश्वास गरेका छैनन् भने अर्कोतिर निर्वाचन गरेर पनि केही वर्षका लागि ढुुक्कले शासन सत्ता चलाउने नेतृत्व पाउनेमा पनि विश्वस्त बन्न सकेका छैनन् ।


नेतृत्वप्रति विश्वास भएन भने धेरै मानिसहरु नेता बन्न खोज्छन्, अहिले त्यसै भईरहेको छ । अहिले प्रत्येक पशल, प्रत्येक चोक, प्रत्येक चियापशलमा सर्वसाधारण नागरिकहरुले पनि केपी, माधन, झलनाथ र प्रचण्डको बारेमा कुरा गरिरहेको देख्न÷सुुन्न सकिन्छ ।

आजसम्म कुुन गुुटको भनेर चिन्न नसकिनेहरु यतिवेला प्रष्टरुपमा बाहिर आएका छन् । विभिन्न स्वार्थसमूूहहरु सक्रिय बनेका छन् ।

नीति र सिद्धान्त भन्दा पनि कतातिर लाग्दा छिट्टै ठूूलो पदमा पुुग्न सकिन्छ भन्ने दाउमा सवै देखिन्छन् । यसरी राजनीति देश र जनताको लागि नभै केवल सत्ता र शक्ति आर्जनकै निम्ति मात्रै रहेछ भन्ने कुरा लाटागाँडाहरुले पनि बुुझ्न थालेका छन् । सामान्य कार्यकर्ताहरु कसका पछि लाग्ने भनेर दोधारमा छन् ।

जनताको आशा भरोसाको राजनीतिक दल र नेताहरु नदेख्दा अब बरु राजा नै आएपछि हुुन्छ भन्न थालिसकेका छन् ।
पछिल्लो समय राजावादीहरुको कार्यक्रममा जनताको संख्या बाक्लिदै गएको छ । यसो हुुनुुको मूल कारण यीनै नेताहरुको गतिविधि नै हो । व्यापक रुपमा उद्योगधन्दा खोलेर रोजगारी श्रृजना गर्नुुपर्ने समयमा फेरी अस्थिरता निम्तिने गतिविधिहरु अगाडि बढाएको भन्दै देश हाँक्ने नेतृत्वहरुप्रति नागरिकहरु आक्रोशित छन् ।

एकातिर निराशा, अर्कोतिर आक्रोसले अहिले पुुरै देश तरंगीत छ । लाटाका हत्तपत्त रिस उठ्दैनन् र उठेपछि थाम्नु नै धौ हुुन्छ भनेझै अहिले भईरहेको छ । हिजो ठूला ठूूला नेताहरुले प्रशिक्षण दिएर बुुझ्ने कुरा आज आम जनताले सामाजिक सञ्जालबाट उत्तिखेरै थाहा पाउन थालेका छन् ।

हातहातमा मोवाईल र नेट इन्टरनेटको जमानाका कारण नागरिकहरु हिजोका जस्ता लाटा छैनन् । नागरिकहरु धेरै कुुराहरु बुुझ्न सक्ने भैसकेका छन् । तर नागरिकहरु आफै सवै काम गर्न सक्ने अवस्थामा भने छैनन् । त्यसैले असल नेतृत्वको अपेक्षा गरिरहेका छन् । जनताको यो अपेक्षालाई घात गर्नेहरुलाई पक्कै पनि निर्वाचनबाट पराजय गर्नेछन् । तर अब कसैलाई कुुर्सिमा पुुर्याउनका लागि सजिलै जीउज्यान जोखिममा भने पार्नेछैनन् र अब त्यो अपेक्षा नेतृत्वतहले नगर्दा पनि हुुन्छ ।

यसर्थ जनता अब सधैं धैर्य गरेर बस्न सक्ने अवस्था पनि रहदैनन् । बन्दुुक नबोकेपनि साँझविहान नेतृत्वलाई सत्तोसराप गरिरहेका छन् । हाम्रा नेतृत्व वर्गले यो कुरा बुुझ्न जरुरी छ र बेलैमा सच्चिन समेत जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

<