धर्म परिवर्तन गर्ने चिज नै होईन, पुर्खादेखि जे चलिआएको छ, त्यही धर्मलाई मान्नु होस्

कुमाख राष्ट्रिय दैनिकको यस अंकमा बैदिक सनातन हिन्दु परिषद नेपालका उपाध्यक्ष शिवकुमार गौतमसंग कुराकानी गर्दैछौं । धर्म के हो ? संस्कृति के हो ? धर्म निरपेक्षताको प्रभाव के छ ? समाज कुन दिशातिर अगाडि बढ्दैछ ? लगायतका विविध विषयमा कुराकानी गर्न गईरहेका छौं । उहाँ केही वर्षयता धार्मिक प्रशिक्षण, धार्मिक कार्यक्रम, धार्मिक क्षेत्रको अवलोकन लगायतका काममा लागिरहनुभएको छ । रुकुम जन्मस्थल भई दाङलाई कर्मक्षेत्र बनाउदै आए पनि उहाँ सामाजिक कामका लागि विभिन्न जिल्लाहरुमा पुग्नुभएको छ । यस्तो छ, उहाँसितको कुराकानी ।

यतिवेला सल्यानमा के को शिलशिलामा आउनुभएको हो ?

म अहिले सल्यानको खैराबाङ भगवती मन्दिरको दर्शन गर्न  र यतैबाट रुकुम सम्मको यात्रा गर्ने उदेश्यले आएको छु ।

मन्दिरको दर्शन गर्नुभयो त ?

खैराबाङ भगवती मन्दिर स्थलमा पुगियो र मन्दिर दर्शन पनि गरियो ।

त्यहाँको विशेषता के पाउनुभयो ?

जब मन्दिरमा पुगियो, दर्शन गरियो  । मन्दिरको अबस्था खासै परिवर्तन भएको देखिएन । केही विकासै नभएको त हैना, तर हुनुपर्ने जति भएको रहेनछ । म के भन्न चाहन्छु भने त्यहाँ जाने बाटोहरु जिर्ण छन् । गाडिहरु जाना अलि गाह्रो रहेछ । आन्तरिक र वाह्य पर्यटकलाई भित्र्याउन स्थानीय सरकारले जोड दिनु पर्ने देखिन्छ । पर्यटकहरुलाई सहज वातावरण बनाउनाको लागि बाटोको स्तर उन्नति गनुपर्छ । मैले देखेको कुरा त्यहाँ धर्मशाला निर्माण तथा मठ मन्दिरको पनि स्तरउन्नति गर्नु पर्ने देखे ।

तपाई अहिले धर्म संस्कृति बचाउनु पर्छ, रक्षा गर्नूृ पर्छ भन्ने अभियानमा हुनुहुन्छ । बिभिन्न धार्मिक स्थलहरुको भ्रमणमा पनि हुनुहुन्छ  । बास्तवमा धर्म के रहेछ र यस्लाई किन बचाउने ?

धर्म भनेको आफूले आत्मिय रुपबाट ग्रहन गर्ने हो । जसले आत्मिय रुपबाट ग्रहण गर्न सक्यो या धारण गर्नसके मात्र यसको अर्थ रहन्छ । खास गरी भन्नु पर्दा नेपालमा तीन प्रकारका धर्मका नाम आएका छन् , पहिलो धर्म हिन्दु, हामी यसलाई सनातन धर्म भनेर पनि चिन्ने गर्छाैं । र हामीले सनातन धर्म भन्ने गर्छाैं ताकि यो धर्मले अनुशासन आदर्श, सत्कारका कुराहरु सिकाउने गर्छ । र यो व्यवहारिक पनि हो । सनातन धर्म अति व्यवहारिक छ । र यो धर्मका ग्रन्थहरु सबैलाई थाहा छ । वेद पुराणहरु छन्  र हामीले तिनैलाई धारण गरेर हिडेका छौं ।

धर्म संस्कृति बचाउन भनेर तपाईहरु संगठित रुपमा लाग्नु भएको छ । आज संगठित रुपमा लाग्दै गर्दा के के जिम्मेवारीहरु बहन गर्नु भएको छ ?

यो धर्म बचाउ अभियानमा  म करीब तीन बर्ष अघिदेखि नेपालका केही जिल्ला हिडेको छु । र  सल्यान लगायतका जिल्लाहरुमा हिड्दै गर्दा महासचिवको जिम्मेवारीमा थिए । हामीले केन्द्रिय कमिटी दाङमा बनाएका थियौं । महासचिवबाट काम गर्दै जांदा म अहिले उपाध्यक्ष भएर काम गरिरहेको छु । नेपालका केही जिल्लामा आफै पुगेर धर्मलाई बचाउनु पर्छ, सनातन धर्म बचाउनु पर्छ र सनातन धर्म बचेन भने अरु धर्म समेत बच्दैनन् भनेर जानकारी दिने गरेका छौं ।

पछिल्लो समय धर्म परिवर्तन गर्ने गराउने काम चलिरहेको छ, फरक धर्मलाई अंगाल्ने र जातिगत तरीकाले विशेष प्रभाव पारेर धर्म परिवर्तन गर्ने गराउने काम अहिले भइरहेको छ, यसमा तपाई के भन्नु हुन्छ ?

अहिले धर्म परिवर्तन गराउनेहरु दिनरात सक्रिय छन् । पश्चिमेली मुलुकबाट यसमा जोडतोडसंग लागिरहेको अवस्था छ । अर्काे कुरा नेपालको सन्दर्भमा जाति विशेषमा भनौं या दलित, मधेसी, थारुहरुमा बढि देखिएको छ । धर्म परिवर्तन गर्ने राम्रो कुरा होइन । सनातन धर्मले दिएका जे जे कुराहरु राम्रो छन्, संस्कारहरु छन् ति संस्कारहरु  मान्दै आएको छौं, मान्नु पर्छ  । पर धर्म भयाबह र डर लाग्दो हुन्छ ।  हामी रहर लाग्दो चिजलाई लिने हो, अबलम्बन गर्ने चिजलाई लिने हो, डर लाग्दो चिजलाई लिने होइन । यो धर्म परिवर्तन गराउने कार्य अल्प ज्ञानीहरुले गरिरहेका छन् । परिवर्तन गर्ने पनि अल्प ज्ञानी छन् उनीहरुलाई ज्ञान थाहा छैन । हाम्रो अग्रजहरुले सिकाउनु भएन । धर्म परिवर्तनका लागि अहिले राजनीतिक प्रभाव पनि परेको छ । त्यसैगरी जसको नुन खायो उसको सोझो गर्नुपर्छ भन्ने मान्यताले पनि केहि प्रभाव परेको छ । कतिपयले कसैको नुन खानु भएको छ वा आर्थिक लाभ लिनुभएको छ, जसले गर्दा उहाँहरु परधर्मको पक्षमा लाग्न बाद्य हुनुपरेको छ । बिदेशी र पश्चिमी सभ्यताको नुन खाएपछि त्यसकै सोझो गर्नको लागि धर्म प्रचारमा बढी खटिएको अवस्था छ । आर्थिक मात्रै होइन, केहि अन्य प्रलोभनहरु पनि छन्, जस्तोः तपाईहरु यो धर्ममा लाग्नु भयो भने बिरामी हुनु हुन्न, पैसा पाईन्छ, सुख पाईन्छ, बच्चा बच्चिलाई निशुल्क पढाउन पाईन्छ भन्ने जस्ता नानाथरी प्रलोभनहरु देखाएर धर्म परिवर्तन गराउने  चलन बढेको छ नेपालमा । यसमा पश्चिमी मुलुकको प्रत्यक्ष र अप्रत्यक्ष दुवै सहयोग छ । तर नेपालमा यसको प्रभाव नकारात्मक बन्दैछ । किन भन्दा नेपाल स्वतन्त्र देश हो । स्वतन्त्र देशलाई धार्मिक युद्ध मच्याई दिनको लागि पश्चिमेली केहि लागेका छन् र यो बाट बच्न  हाम्रो संगठन र हामीले पनि सक्दो पहल गरिरहेका छौं । हामी बैदिक सनातन हिन्दु परिषद नेपालको तर्फबाट सबैलाई के भन्न चाहान्छौं  भन्दा  धर्म परिवर्तन गर्ने चिज नै होईना । पुर्खादेखि जे चलिआएको छ,  त्यही धर्मलाई मान्नु होस् र यो देशलाई अशान्ति होइन, शान्तिमय बनाउनुहोस् । जो जसले बाटो विराउनुभएको छ, तपाईहरु पनि एक दिन फेरी सनातन धर्ममै फर्किनु पछर्् । यदि पछि नराम्रो तरीकाले फर्कनु भन्दा अहिले नै आउनु होस् । बाटो बिराउदा नराम्रो ठाउमा पुगिन्छ,  तेसैले बाटो नबिराउनु होस र धर्म परिवर्तन नगर्नु होस् भन्न चाहान्छु ।
तपाई एउटा युवा व्यक्तित्व हुनुहुन्छ । धेरै मानिसहरुले यसबारेमा त्यति गहिरो रुपमा यसबारेमा नसोचिरहेको समयमा आफ्नो धर्म र संस्कृति बचाउनु पर्छ भन्ने सोच कसरी पलायो वा कसको पेरणाले तपाई अगाडि बढ्नुभएको छ ?
म उमेरले ४० बर्षको भए । म ब्राम्हण संस्कारी भित्र हुर्के । म यहि सनातन धर्मबाटै प्रेरित थिए घरमा पनि । मेरो जन्म स्थल रुकुम  र अहिले दाङ बस्ने गरेको छु  । घरकै संस्कारबाट पनि मैले केहि सिकेको थिए । घरबाटै आदर सत्कारका कुराहरु, नैतिकताका कुराहरु सिके । त्यसपछि घरबाहिर जाँदा पनि संस्कृति र धर्मलाई बचाउनु पर्छ भन्ने सिके ।  यसबारेमा चासो बढ्दै जाँदा हामी केही साथीहरुबीच छलफल गरौं भनेर छलफल गर्यौं । अब कसरी अगाडि जाने, धर्म संस्कृतिलाई कसरी बचाउने भने छलफल गर्दै जाँदा एउटा कमिटी बनायौं । त्यो कमिटीले के छलफल गरौं भन्दा देशमा स–साना र भिन्न भिन्न धार्मिक संस्थाहरु छन्, भिन्न भिन्न संस्कृतिहरु छन् । यिनीहरुलाई कसरी मोर्चाबन्दी गराउने भन्ने बारे सोच्यौं र बैदिक सनातन हिन्दु परिषद नेपाल गठन गर्यौं ।  त्यो संस्थाबाट यो धर्मलाई कसरी बचाउने भनेर लागि रहेका छौं ।
तपाई यसबारे प्रशिक्षण र संगठन बिस्तारको लागि सल्यानमा पनि आउनु भएको थियो । संगठन बिस्तारको काम कहाँ सम्म पुग्यो ?
सल्यानमा बैदिक सनातन हिन्दु परिषद २०७३ फाल्गुनमा गठन गर्यौं । शुरुमा तदर्थ समिति गठन ग¥यौं । त्यो तदर्थ समितिले विधिवत रुपमा पुर्णता पाईसकेपछि अहिले सम्म पनि तदारुपताका साथ काम गरिरहेको छ । हामीबीच सल्लाह सुझाव पनि आदानप्रदान भईरहेको छ । अरु जिल्लामा पनि हामीले संगठन बिस्तार गरी रहेका छौं । ८,१० जिल्लामा समिति नै गठन गरिसकेका छौं । थप अन्य जिल्लामा पनि हामिले संगठन बिस्तार गर्ने प्रयासमा छौं । हामीलाई राम्रो सुझाव पनि आईरहेको छ । तपाईले अलि पहिले नै यस्तो कार्यक्रम ल्याउनु पर्ने हो भन्नुहुन्छ । सबै जिल्लाबाट हामीलाई प्रशंसा
आईरहेको छ ।
तपाई धर्म संस्कृतिको प्रशिक्षणमा हिडिराख्नु भएको छ । सल्यान आएर सल्यानका धार्मिक सांस्कृतिक सम्पदाहरुको समेत अबलोकन गरिरहनुभएको छ । त्यसरी अध्ययन, अनुसन्धान र सरोकारवालाहरुसंग समेत बेला बेलामा छलफल गर्दै आउदा धर्म वचाउन र धार्मिक सांस्कृतिक एबं पर्यटकीय सम्पदाहरु जोगाउन यसमा सल्यानका स्थानीय तहले के कस्ता भुमिका राख्नु पर्ला ?

सल्यानमा पनि हिन्दु धर्म तथा संस्कृतिलाई बचाईराख्नुपर्छ भन्ने अभियानसंगै धार्मिक तथा सांस्कृतिक सम्पदाहरु संरक्षणको लागि विभिन्न प्रयाशहरु गरिराखेका छौं । विभिन्न प्रशिक्षणका क्रममा र बिद्यार्थी हुदा पनि यहाँका पर्यटकीय तथा धार्मिक स्थलहरु कुमाख, कुपिण्डे दह, छायाछेत्र, खैरावाङग जस्ता पवित्र स्थालहरुमा म पहिले पनि आएको थिए । तर यस्ता सम्पदाहरुमा जे जति ध्यान दिनु पर्ने हो त्यति ध्यान पुगिरहेको देखिदैन । अहिले त संघियता आई सकेपछि स्थानीय सरकारलाई नै पर्यटकीय तथा धार्मिक सांस्कृतिक सम्पदा, धार्मिक स्थलहरु लगायत सबै हेर्ने सम्मको अधिकार छ । तर स्थानीय सरकारको त्यति आँखा नपुगेको हो कि भन्ने हामीलाई लागिरहेको छ । मठमन्दिर तथा पर्यटकीय स्थल सम्म पुग्नाको लागि बाटो , जिर्ण अवस्थामा रहेका मठमन्दिर संरक्षणमा तपाईहरुका आँखा लाग्नु पर्ने होकि भनेर मैले व्यक्तिगत तर्फबाट र संस्थागत तर्फबाट भन्न चाहान्छु । सल्यानका कुमाख, कुपिण्डे दह, छायाछेत्र, खैरावाङग यी भनेका जिल्लाका धरोहर हुन् । अरुभन्दा यस्मा तपाईहरुको ध्यान अलि बढी जाना जरुरी छ ।

नेपाल हिन्दु राष्ट्र हुनु पर्छ भन्ने कुरा पनि बेलाबेला उठिरहेको छ । पछिल्लो समय यो कुरा अलि सेलाएको हो कि के छ अवस्था ?
नेपाल पहिले पनि हिन्दु राष्ट्र थियो र अहिले पनि राज्यको आँखामा नभए पनि सबै जनताको आँखामा छ । नेपालमा हिन्दु राष्ट्र हट्ना सक्दैन । हामी नेपालका विभिन्न जिल्लाहरु घुम्दै पनि आएका छौं । अहिले हाम्रो हिन्दु राष्ट्र खतरामा प¥यो, यो देशमा हिन्दु राष्ट्र नै चाहिन्छ भन्ने ठुलो जमात छ । नेपालमा हिन्दु राष्ट्र भएन भने अरु धर्म पनि रहदैन् भनेर अरु धर्म मान्नेले समेत भनिरहेको अवस्था छ ।

 पछिल्लो समय धर्म संस्कृति प्रति मान्छेको चासो कम भएको अवस्था हो कि भन्ने लागि रहेको छ यहाँको बुझाई के छ ?
हो, अहिले त्यसखालको अवस्था देखिदैछ । तर यस्का दोषी युवा पिढी भन्दा अभिभावक नै हुन् । शिक्षाको पहिलो पठशाला भनेको घर, दोस्रो समाज र तेस्रो पाठशाला शिक्षा हो । शिक्षामा नाता के हो ? धर्म केहो ? मातापिता को हुन भनेर सिकाईदैन । वास्तवमा भन्ने हो नेपालमा सांस्कृतिक तथा नैतिक शिक्षाको कमि छ त्यसै कारण नै युवा पुस्तामा धर्म प्रतिको चासो निकै कम मात्रामा छ । युवा पिढी सकारात्मक भन्दा पनि केहि नकारात्मक काममा लागेको देखिन्छ । तर त्यसो गर्न सनातन धर्मले पनि दिदैना र नैतिकताले पनि दिदैना । बिशेष त संस्कार र ज्ञानको कमिले नै यस्तो भएको हो ।  उनीहरुलाई  संस्कार र ज्ञानका कुरा सिकाउने हो भने उनीहरु सहि बाटोमा फर्कन्छन् ।

अन्त्यमा धर्म, संस्कृति  र संस्कार बचाउन राज्यले के गर्नु पर्ला ?
नेपालमा नैतिक शिक्षाको अभाव छ । यस्मा विज्ञ टोलि बसेर शिक्षा नीतिमा परिवर्तन ल्याउन जरुरी छ । यस्मा सरकार र स्थानीय सरकार दुवैले सोच्नुपर्ने बेला भएको छ । पश्चिमेली संस्कार भन्दा नेपालकै धर्म संस्कृतिलाई बचाउन जोड दिनुपर्छ । १२ कक्षा सम्म संस्कृति तथा नैतिक शिक्षा लागु गर्नुपर्छ । समाज बनाउनालाई हाम्रो बिचार, आहार र व्यवहारमा परिवर्तन ल्याउनु पर्छ । माता पिता भन्ने शब्दबाट नै संस्कार सिक्नु पर्छ ।